Section 16
समितिको बैठक
(१) समितिको बैठक महिनामा कम्तीमा एक पटकभन्दा कम नहुने गरी: आवश्यकता अनुसार बस्नेछ।
(२) समितिको/बैठक अध्यक्षले तोकेको मिति, स्थान र समयमा बस्नेछ ।
तर समितिका. कम्तीमा तीन जना सदस्यले समितिको बैठक बोलाउन: लिखित अनुरोध गरेमा अध्यक्षले र निजको अनुपस्थितिमा वरिष्ठ सदस्यले सात दिनभित्र समितिको बैठक बोलाउनु पर्नेछ।
(३) समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगाडि नै; बैठकमा छलफल हुने विषय समितिको सचिवले सदस्यलाई उपलव्ध गराउनु पर्नेछ।
(४) समितिको कुल सदस्य संख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा वरिष्ठ सदस्यले गर्नेछ।
(६) समितिमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा बैठकमा अध्यक्षता गर्ने व्यक्तिले: निर्णायक मत दिनेछ।
(७) समितिले आवश्यक ठानेमा बीमा सम्बन्धी वा सम्बन्धित विषयको अन्य कुनै विज्ञ वा पदाधिकारीलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
(८) समितिको निर्णय छुट्टै पुस्तिकामा अभिलेख गरिनेछ र त्यस्तो पुस्तिकामा बैठकको अध्यक्षता गर्ने व्यक्ति र उपस्थित सम्पूर्ण सदस्यले दस्तखत गर्नु पर्नेछ।
(९) समितिको निर्णय समितिको सचिवले प्रमाणित गरी राख्नु पर्नेछ।
(१०) समितिको; बैठक सम्बन्धी अन्य कार्यविधि समितिले आफैले निर्धारण-गरे बमोजिम हुनेछ।